site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
मर्स्याङ्दीमा खसेको बसमा थिए ४३ भारतीय पर्यटक, १४ जनाको मृत्यु, १२ बेपत्ता

काठमाडौं । भारतीय पर्यटक बोकेको बस आज बिहान मर्स्याङ्दी नदीमा खस्दा १४ जनाको मृत्यु भएको छ भने १२ जना बेपत्ता भएको प्रहरीले जनाएको छ । पोखराबाट मुग्लिनतर्फ आउँदै गरेको भारतीय पर्यटक बोकेको बस तनहुँको आबुखैरेनी नजिकै सडकबाट मर्स्याङ्दी नदीमा खसेको थियो ।

प्रहरीका अनुसार बसमा सवार ४३ जनामध्ये १२ जना अझै बेपत्ता छन् । १४ जनाको शव फेल परेको छ ।  १७ जनाको जीवितै उद्धार गरेर स्थानीय अस्पताल पठाइएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

शुक्रबार बिहान पोखराबाट आउँदै गरेको यूपी ५३ एसटी ७६२३ नम्बरको बस तनहुँको आँबुखैरेनी नजिकैबाट मर्स्याङ्दीमा खसेको थियो ।

बस दुर्घटनामा परेलगत्तै नेपाली सेनाको हेलिकोप्टरले मेडिकल टिम लिएर त्यसतर्फ गएको छ ।  दुर्घटनालगत्तै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले उद्धार गरेका थिए । अहिले पनि उद्धार जारी रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार केही गोताखोर पनि परिचालन गरिएको छ । दुर्घटना कसरी भयो भन्ने बारेमा अझै केही खुलेको छैन ।

गम्भीर घाइतेहरुलाई नेपाल सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याउने तयारी गरिएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, भदौ ७, २०८१  १५:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro