site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
तनहुँ बस दुर्घटना, १० गोताखोर उद्धारका लागि परिचालन

काठमाडौं । तनहुँमा भएको बस दुर्घटनामा ठूलै हताहती भएको आशंकापछि १० जना गोताखोर उद्धारका लागि परिचालन भएका छन् । 

सशस्त्र प्रहरी बल नेपाल विपद् ब्यबस्थापन तालिम शिक्षालयबाट एसएसपी माधव पौडेलको कमान्डमा १० जना गोताखोरसहित ४५ जना र  मनकामना गण भानु तनहुँबाट ३५ जनाको टोली उद्धारमा खटिएको प्रहरीले जनाएको छ ।

अप्ठेरो भीर भएका कारण उद्धारमा कठिनाइ भएको प्रहरीले जनाएको छ । पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको बस केहीबेरअघि दुर्घटनामा परेको थियो ।
 

प्रकाशित मिति: शुक्रबार, भदौ ७, २०८१  १२:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro