site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
थाइल्यान्डमा विमान दुर्घटना : नौजनाको मृत्यु
तस्बिर : एपी ।

काठमाडौं । थाइल्यान्डको पूर्वी प्रान्त चाचोएङसाओमा बिहीबार भएको विमान दुर्घटनामा पाँच चिनियाँ नागरिकसहित नौजनाको मृत्यु भएको छ । दुई पाइलट र सात यात्रु सवार चार्टर्ड उडान स्थानीय समयानुसार दिउँसो करिब ३ः१० बजे म्यानग्रोभ जंगलमा खसेको थियो ।

थाइल्यान्डको नागरिक उड्डयन प्राधिकरणका अनुसार, थाई फ्लाइङ सर्भिसद्वारा सञ्चालित सेस्ना कारभान सी२०८बी विमानको उडान टीएफटी २०९ राजधानी बैंककको सुवर्णभूमि विमानस्थलबाट उड्ने क्रममा एयर ट्राफिक कन्ट्रोल सेन्टरसँगको सम्पर्क टुटेको र राडारबाट बेपत्ता भएको थियो । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: शुक्रबार, भदौ ७, २०८१  ०९:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro