site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
गल्छी–रसुवागढी सडक आंशिक रूपमा सञ्चालन

त्रिशूली (नुवाकोट) । सडकमाथिबाट खसेको ठूलो ढुंगासहितको पहिरोले अवरुद्ध अन्तर्राष्ट्रिय राजमार्गअन्तर्गत ‘गल्छी–रसुवागढी सडक’ आंशिक रूपमा पुनःसञ्चालन भएको छ ।

नुवाकोटको बेलकोटगढी नगरपालिका–८ स्थित ठूलोखोला नजिकैमाथिबाट खसेको ठूलोढुंगासहितको पहिरोले सडक पूर्णरूपमा बन्द भएकोमा आज साँझदेखि एक लेन सञ्चालन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटका प्रमुख जे जंग कार्कीले जानकारी दिए ।

उनका अनुसार देवीघाटबाट महादेवफाँट हुँदै गल्छी आउजाउ गर्ने सडकमा बुधबार राति गएको पहिराले पूर्णरूपमा बन्द भएको थियो । पहिरोसँगै खसेको ठूलोढुंगा हटाउन बाँकी भए पनि भित्ताबाट एक लेन खुला गरेर रोकिएका सवारीसाधन गन्तव्यतर्फ पठाइएको छ ।

गल्छी–रसुवागढी सडक योजनाको कार्यालयका प्रमुख इञ्जिनियर धुव्रकुमार श्रेष्ठका अनुसार अहिले खुला भएको सडकमा सोही स्थानमा थप पहिरो नगए हुने अपेक्षा गरिएको छ । पहिरोसँगै ठूलोढुंगा हटाउन ब्रेकर लगाउनुपर्ने भएकाले ‘डेडिकेटेड डबल लेन’ को सडक पूर्णरूपमा सञ्चालन गराउन बाँकी रहेको छ ।

“तत्कालको लागि सडक खुलाउन प्राथमिकता दिँदै रोकिएका यातायात सञ्चालनमा ल्याएका छौँ,” योजना प्रमुख श्रेष्ठले भने, “ठूलो ढुंगालाई ब्रेकर लगाएर हटाउन र पहिरो गएको स्थानमा थप पहिरो खस्न नदिने प्रयास गरिएको छ ।” रासस

प्रकाशित मिति: बिहीबार, भदौ ६, २०८१  १९:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro