site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
त्रिविका २७ पदमा पदाधिकारी नियुक्तिका निम्ति बन्यो विनियमावली 

काठमाडौं । त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्ले त्रिविअन्तर्गतका २७ पदमा पदाधिकारी नियुक्तिको आधार र मापदण्डसहितको विनियमावली तयार पारेको छ । 

परिषद्ले डिनदेखि कार्यक्रम संयोजकसम्मको पदलाई लिएर विनियम तयार पारेको हो । विनियमावलीले ती पदाधिकारी नियुक्तिका निम्ति शैक्षिक योग्यतादेखि छनोटका मापदण्ड र तिनको अंकभार समेत तोकेको छ । 

सबै पदमा नियुक्त हुने पदाधिकारीले निजी क्षेत्रका कुनै पनि शैक्षिक संस्था तथा सम्बन्धित सेवा प्रदायक संस्थामा आफ्नो लगानी नभएको स्वःघोषणा गर्नुपर्नेछ । 

यो मापदण्ड त्रिविका डिन, रेक्टरदेखि त्रिविअन्तर्गतका प्रतिष्ठानका कार्यकारी निर्देशक तथा विभागीय प्रमुखहरूसम्मलाई लागु हुनेछ । 

प्रकाशित मिति: बिहीबार, भदौ ६, २०८१  १२:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro