site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
यी जिल्लाका नदीमा बहाव उल्लेख्य बढ्ने
महाकाली नदीको दृश्य । फाइल तस्बिर ।

काठमाडौं । देशका केही सानाठूला नदीमा आज पनि पानीको बहाव उल्लेख्य बढ्ने अनुमान छ । नदीतटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

यस दिन बाँके, बर्दिया, कैलाली र कञ्चनपुर भई बहने अधिकांश साना नदीमा बहाव उल्लेख्य बढ्नेछ । यी जिल्लाका केही नदीमा आकस्मिक बहावको मध्यम जोखिमको पूर्वानुमान छ ।

ताप्लेजुङ, संखुवासभा, झापा, मोरङ, सुनसरी, सप्तरी, बारा, पर्सा, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, लमजुङ, कास्की, दाङ, कपिलवस्तु, रुकुम पश्चिम, जाजरकोट र कालीकोट भई बहने केही साना नदीमा पनि बहाव बढ्ने महाशाखाको अनुमान छ ।

अबका तीन दिन कोसी, नारायणी, कर्णाली र यसका सहायक नदीहरूको जलसतह सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान छ । कन्काई, कमला, वाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको जलसतह पनि सतर्कता तहभन्दा तलै रहने अनुमान छ ।

महाकाली नदीमा हाल जलसतह सतर्कता तहनजिक रहेकाले तटीय क्षेत्रमा भोलिसम्मै उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

b1-1724297913.jpeg

b2-1724297913.jpeg

प्रकाशित मिति: बिहीबार, भदौ ६, २०८१  ०९:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro