site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सुनसरीमा ट्रकको टक्करबाट मोटरसाइकल चालकको मृत्यु
प्रतीकात्मक तस्बिर ।

इनरुवा । सुनसरीको सदरमुकाम इनरुवा–४ बस चोकमा आज साँझ सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा भोक्राहा नरसिंह गाउँपालिका–२ का रमानन्द मेहताको मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना३ख १४५ नम्बरको ट्रकले को२२प ४०८० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार मेहताको घटनास्थलमै मृत्यु भएको हो । 

नोबेल अस्पतालमा उपचार गरी घर फर्कंदै गर्दा मेहता चढेको मोटरसाइकललाई ट्रकले ठक्कर दिएको थियो । मेहताको शव परीक्षणका लागि जिल्ला अस्पताल इनरुवामा राखिएको छ ।

ठक्कर दिने सवारी र चालक जिल्ला प्रहरी कार्यालय सुनसरीको नियन्त्रणमा रहेको छ । रासस

प्रकाशित मिति: बुधबार, भदौ ५, २०८१  २२:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro