site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
विश्वविद्यालय पदाधिकारी नै असुरक्षित भएको भन्दै शिक्षामन्त्रीले मागिन् सुरक्षा 

काठमाडौं । शिक्षा मन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यायलयमा केही दिनदेखि पदाधिकारीमाथि हमला गर्न खोजिएको भन्दै सुरक्षा माग गरेकी छन् ।

उनले सामाजिक सञ्जालमार्फत् भनेकी छन्, “त्रिभुवन विश्वविद्यालयमा केही दिनदेखि पदाधिकारीहरुमाथि हमला गर्न खोज्नु र प्राध्यापकहरुलाई फोन गर्दै धम्की दिने गरेको कारण सिंगो विश्वविद्यालय असुरक्षित बनेको छ । त्रिभुवन विश्वविद्यालयमा सुरक्षाका लागि व्यवस्थित प्रबन्ध गर्न म गृहमन्त्रीसँग जोडदार माग गर्दछु । गुण्डागर्दी गर्ने छुट कसैलाई छैन । यस्तो क्रियाकलापमा संलग्न व्यक्तिहरुलाई कानुनी दायरामा ल्याई कारबाही गर्नसमेत म गृह मन्त्रालयलाई गम्भीरताका साथ अनुरोध गर्दछु ।”

उनले सामाजिक सञ्जालमा यस्तो लेखेको केहीबेरमा आफूले आवेगमा आएर सार्वजनिक अपिल नगरेको बताएकी छन् ।

उनले भनेकी छन्, “मैले सार्वजनिक अपिल गर्नुपर्ने भएर नै गरेको हुँ । कुनै आवेगमा आएर लेखेको होइन । विगत पाँच दिनदेखि लगातार सम्पर्क र समन्वय गरेको कुरासमेत जानकारी गराउन चाहन्छु ।”

प्रकाशित मिति: बुधबार, भदौ ५, २०८१  ०९:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro