site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
हुप्सेकोटमा २५६ छोरीलाई पाँच हजारसहित बैंक खाता उपहार

मध्यविन्दु (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाले हालसम्म २५६ जना बालिकालाई पाँच हजारसहितको बैंक खाता उपहार दिएको जनाएको छ । 

गाउँपालिकाले ‘हाम्रो छोरीको सुनौलो भविष्य’ कार्यक्रममार्फत चार वर्षमा उक्त संख्यामा बालिकाको बैंक खातामा रकम जम्मा गरिदिएको हो । 
  
आर्थिक वर्ष २०७७/७८ देखि सुरु गरिएको उक्त कार्यक्रममार्फत गाउँपालिकामा जन्म लिने छोरीहरूको बैंक खातामा रकम जम्मा गर्न सुरु गरिएको थियो । हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले हालसम्म त्यसप्रकारका बैंक खातामा रु १२ लाख ८० हजार जम्मा भइसकेको जानकारी दिइन् । 

“आर्थिक वर्ष २०७७/७८ मा ३८, आव २०७८/७९ मा ५९, आव २०७९/८० मा ९७ जना र आव २०८०/८१ मा ६२ जना बालिकाको बैंक खातामा रकम जम्मा गरिएको छ”, उनले भनिन्, “वडा कार्यालयमा जन्मदर्ता गराएपछि छोरीका नाममा बैंक खाता खोल्ने र त्यसमा गाउँपालिकाले रु पाँच  हजार र अभिभावकलाई पनि रु पाँच हजार जम्मा गर्नुपर्ने व्यवस्था गरेका छौँ ।” 
 
छोरीका नाममा हुने बैंक खाताको संरक्षक अभिभावक हुनेछन् । उक्त रकम उच्च शिक्षा अध्ययनका बेला उपयोग हुने अपेक्षासहित उक्त कार्यक्रम सञ्चालन गरिएको अध्यक्ष पाण्डेको भनाइ छ । 

प्रकाशित मिति: बुधबार, भदौ ५, २०८१  ०९:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro