site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
डेंगी संक्रमितको संख्या चार हजार नाघ्यो, तनहुँमा सबैभन्दा धेरै

काठमाडौं । यो वर्ष (सन् २०२४) जनवरीयता डेंगी संक्रमण ७४ जिल्लामा फैलिएको छ । अगस्ट १९ सम्म चार हजार ९७ जनामा संक्रमण पुष्टि भएको छ । यो अवधिमा डेंगीबाट दुईजनाको मृत्यु भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले जनाएको छ ।

गण्डकी प्रदेशमा सबैभन्दा धेरै एक हजार ६६९ जनामा संक्रमण देखिएको छ । जिल्लागत रूपमा तनहुँमा सबैभन्दा धेरै ७८१ जनामा संक्रमण पुष्टि भएको ईडीसीडीले जनाएको छ ।

काठमाडौंमा ३८०, कास्कीमा ३५१, पर्वतमा १७७, चितवनमा १५७ र झापामा १४९ जना संक्रमित भएका छन् । यीबाहेक अरू जिल्लामा संक्रमितको संख्या १०० भन्दा कम छ ।

मुस्ताङ, हुम्ला र जुम्लाबाहेक सबै जिल्लामा डेंगी देखिएको ईडीसीडीले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ ४, २०८१  ११:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro