site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
आयोनलाई चीनमा दोस्रो र विश्वमा तेस्रो ईभी ब्रान्डको उपाधि

काठमाडौं । चीनको जीएसी ग्रुपले त्यहाँको दोस्रो विद्युतीय सवारी (ईभी) ब्रान्ड र विश्वकै तेस्रो ईभी ब्रान्डको स्थानमा पर्न सफल भएको दाबी गरेको छ ।

जीएसी ग्रुपका सवारी साधनको गुणस्तर र दिगोपनाकै कारण यो उल्लेखनीय उपलब्धि हात परेको कम्पनीको भनाइ छ ।

नेपाली बजारमा समेत जीएसीको आयोन वाई ईभी लोकप्रिय बन्दै गएको कम्पनीले जनाएको छ ।

चार महिनाअघि मात्र नेपालमा भित्रिएको आयोन वाई छोटो समयमै नेपाली उपभोक्ताको मनपर्ने सवारीसाधन बनेको कम्पनीको दाबी छ ।

यस गाडीको प्रभावशाली रेन्ज, छिटो चार्ज गर्ने क्षमता र स्मार्ट फिचरले ड्राइविङ अनुभवलाई सुधार गरेको आयोनको भनाइ छ ।

नेपालमा आयोन वाईको सफलतासँगै जीएसी ग्रुपले नयाँ मोडल सार्वजनिक गर्ने बताएको छ ।

प्रकाशित मिति: सोमबार, भदौ ३, २०८१  १३:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro