site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
पहिरोले महाकाली लोकमार्ग अवरुद्ध
सुर्खेत पहिरोको दृश्य । फाइल तस्बिर ।

दार्चुला । गए रातिको वर्षासँगै पहिरो खस्दा महाकाली लोकमार्गअन्तर्गत गोकुलेश्वर–खलंगा सडक अवरुद्ध भएको छ । कठपते नक्तड, पनेबाज, ऐरिछाना र मालिकार्जुन गाउँपालिकाको धामीगाडामा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

जिल्लाबाट बाहिरिने र भित्रिने यातायातका साधन सडकमै रोकिएका छन् । दार्चुलाबाट महेन्द्रनगर, काठमाडौं आउने दिवा तथा रात्रिसेवाका बस सडक अवरुद्ध हुँदा बाटोमै रोकिएका हुन् ।

पटक–पटक पहिरोका कारण अवरुद्ध हुने लोकमार्गमा छोटो दूरीका सवारीसाधन पनि सञ्चालन हुन नसक्दा यात्रुले सास्ती भोग्नुपरेको छ ।

पहिरो पन्छाउन केही समय लाग्ने सडक विभागका सुपरभाइजर राजेन्द्रसिंह धामीले जानकारी दिए । रासस

प्रकाशित मिति: सोमबार, भदौ ३, २०८१  १०:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro