site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
दोस्रो विश्वयुद्धपछि रुसी भूमिमा पहिलोपटक विदेशी सैनिकको घुसपैठ

काठमाडौं । रुसको कुर्स्क क्षेत्रमा करिब दुई सातादेखि युक्रेनी सेनाको उपस्थिति छ । दोस्रो विश्वयुद्धपछि विदेशी सैनिक रुसी भूमिमा पुगेको यो पहिलोपटक हो ।

युक्रेनले कुर्स्क क्षेत्रमा रहेको रणनीतिक दृष्टिले महत्त्वपूर्ण अर्को पुल ध्वस्त पारेको दाबी गरेको छ । युक्रेनी सेना केही दिनअघि रुसको कुर्स्क क्षेत्रमा घुसपैठ गरेको थियो ।

युक्रेनी सेनाले आइतबार पुलमा गरिएको आक्रमणको भिडियो पनि सार्वजनिक गरेको छ । यो हमला ज्वानोएस्थित सेयम नदीमाथिको पुलमा गरिएको बताइएको छ ।

सन् २०२२ फेब्रुअरीदेखि रुसले युक्रेनमा आक्रमण गर्न थालेको थियो । पछिल्लो समय रुस पूर्वी युक्रेनका क्षेत्रमा आफ्नो नियन्त्रण बढाउन क्रमशः अघि बढिरहेको छ । बीबीसी हिन्दीबाट ।

प्रकाशित मिति: सोमबार, भदौ ३, २०८१  १०:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro