site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
नगरकोटको जंगलमा हराएका पर्यटकको १२ घण्टापछि उद्धार
नगरकोट सडकको दृश्य । फाइल तस्बिर ।

भक्तपुर । भक्तपुरको नगरकोटस्थित मुहानपोखरी रानीझुला क्षेत्रमा घुम्ने क्रममा जंगलमा हराएका तीन भारतीय पर्यटक र एक नेपाली गाइडको १२ घण्टापछि सकुशल उद्धार गरिएको छ ।

पर्यटकीयस्थल रानीझुला क्षेत्र घुम्न गएकामा बाटो भुलेर जंगलतर्फ लागेपछि हराएका भारतीय पर्यटक नीतिन तिवारी, रश्मी तिवारी, तनिस तिवारी र नेपाली गाइड हरिप्रसाद खरेलको १२ घण्टापछि सकुशल उद्धार गरिएको चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले जानकारी दिए ।

पर्यटक जंगलमा हराएको जानकारी पाएलगत्तै नगर प्रमुख खत्रीले सामाजिक सञ्जालमार्फत खोजीका निम्ति सबैमा आह्वान गरेका थिए । लगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी, स्थानीय जनप्रतिनिधि र स्थानीयवासीसहितको टोलीले जंगलमा खोजी गर्ने क्रममा आइतबार हलहले खोप (खोल्ची) क्षेत्रमा उनीहरू फेला परेका हुन् ।

हराएकाको सकुशल उद्धार गरी प्रहरी विभाग खरिपाटीमा बुझाइएको नगर प्रमुखका स्वकीयसचिव गोकर्ण पुरीले जानकारी दिए । रासस

प्रकाशित मिति: आइतबार, भदौ २, २०८१  १८:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro