site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
पहिरो गएपछि गुल्मीको तम्घास–रिडी–वामीटक्सार सडक अवरुद्ध
फाइल तस्बिर ।

गुल्मी । गएरातिदेखि परेको अविरल वर्षाका कारण तम्घास–रिडी र रिडी–वामीटक्सार सडकखण्ड अवरुद्ध बनेको छ । मदन भण्डारी राजमार्गअन्तर्गत गुल्मीदरबार गाउँपालिकाको गौडाकोट र वीरवासमा सडकमाथिबाट पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो ।

त्यसैगरी तम्घास–रिडी सडकअन्तर्गत रुरुक्षेत्र गाउँपालिका–१ को रिडी खर्न्याङ् सडक र  तम्घास–रिडी सडकअन्तर्गत रातामाटामा सडक माथिबाट चट्टानसहितको पहिरो खस्दा सो क्षेत्रमा  पूर्णरुपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

अविरल वर्षाका कारण रिडी–रुद्रबेणी–वामीटक्सार सडकखण्डअन्तर्गत सत्यवती गाउँपालिका–६, उर्लीखोला नजिकै डहरेखोलामा पानीको बहाव बढेपछि सडक अवरुद्ध बनेको छ । सडक अवरुद्ध बनेपछि सदरमुकाम तम्घास र वामीटक्सारदेखि बुटवल–काठमाडौंसम्म जाने लामो तथा छोटोदुरीका सवारी साधनहरु बीचबाटोमै अलपत्र परेका छन् ।

सडक सञ्चालन गर्न स्थानीय पालिका र प्रशासनद्वारा पहल भैरहे पनि वर्षा भइरहेको र पहिरो खस्ने क्रम नरोकिएका कारण सडक सञ्चालन गर्न समस्या परेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिए ।

बाढीले घर बगायो
त्यसैगरी अविरल वर्षाका कारण गुल्मीको छत्रकोट गाउँपालिका–५, दुमैमा खोलामा आएको बाढीले स्थानीय रामबहादुर बुचाको घर बगाएको छ । बुचाको दुईतले घर बगाउँदा दुईवटा बाख्रासहित १५ वटा कुखुरा मरेका छन् भने एउटा स्कुटर समेत बगाइदिएको छ । उक्त घटनामा मानवीय क्षति हुनबाट जोगिएको प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति: आइतबार, भदौ २, २०८१  ०८:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro