site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
हावाहुरीका कारण झापामा क्षति

झापा । गएराति आएको हावाहुरीले ठूलो क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

हावाहुरीका कारण जताततै बिजुलीका पोल ढलेका छन् भने घरका छाना उडाउनुका साथै रुखहरू समेत ढलेको प्रहरीले जनाएको छ । क्षतिको यकिन विवरण भने आउन बाँकी रहेको प्रहरी कार्यालयका प्रवक्ता कृष्णबहादुर चन्दले जानकारी दिए । उनले हावाहुरीका कारण मानवीय क्षति भने नभएको बताए ।

उनका अनुसार राजमार्गमा ढलेको रुखहरू राति नै जेसीबी लगाएर पन्छाइएको छ । चारआलीको पाउपाथीभरा मन्दिरस्थित पूर्वपश्चिम राजमार्गमा सखुवाको रुख ढल्दा एउटा कारमा क्षति समेत पुगेको छ । चारआलीबाट बिर्तामोडतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०१–०२३च ५०९३ नं को कारमा क्षति भएको उनले जानकारी दिए । कारमा पाँच जना सवार रहेका र सबै सकुशल रहेको उनको भनाइ छ ।

हावाहुरीले बिजुलीको पोल ढाल्दा मेचीनगरको धुलाबारी, धाइजन, र काँकरभिट्टामा विद्युत् अवरुद्ध भएको छ । रासस

प्रकाशित मिति: आइतबार, भदौ २, २०८१  ०८:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro