site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
शिक्षकको भूमिका नबुझेकाहरूले दमन गरे : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले शिक्षकमाथि दमन गर्न नमिल्ने बताएका छन् । शनिबार काठमाडौंमा नेपाल राष्ट्रिय शिक्षक संगठनको २३औँ राष्ट्रिय परिषद् बैठकमा उनले यस्तो बताएका हुन् । उनले यसअघिको शिक्षामन्त्रीले राजनीतिलाई जोडेर शिक्षकहरूमाथि एकतर्फी ढंगले दमनचक्र चलाउने काम गरेको आरोप लगाए ।

पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठप्रति लक्षित गर्दै प्रधानमन्त्री ओलीले नेपालको राजनीतिक इतिहासमा शिक्षकको भूमिकालाई नबुझेकाहरूले उनीहरूमाथि दमन गर्ने गरेको टिप्पणी गरे । ‘८२५ शिक्षकलाई राजीनामा गराएँ, राजनीतिक आबद्धता त्याग्न लगाएँ’ जस्ता विषय सही नभएको उनले बताए ।

शिक्षक सरकारका शत्रु नभएको उनले उल्लेख गरे । सरकारले शिक्षकमाथि अत्याचार गर्नुपर्ने कुनै कारण नरहेको उनको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले वर्तमान समयानुसार शिक्षा क्षेत्रको सुधार गर्न शिक्षासम्बन्धी ऐन सबैको छलफलपछि अघि बढाइने बताए । हिमालयन टेली भ्वाइस

प्रकाशित मिति: शनिबार, भदौ १, २०८१  १८:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro