site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
चन्द्रागिरिमा घरको छतबाट खसेर कामदारको मृत्यु
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । निर्माणाधीन घरको छतबाट खसेर काठमाडौंको चन्द्रागिरिमा एक कामदारको मृत्यु भएको छ ।

चन्द्रागिरि नगरपालिका–१५ स्थित निर्माणाधीन घरमा रङ लगाउने क्रममा शुक्रबार अचानक खसेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा नुवाकोटको पञ्चकन्या गाउँपालिका–१ घर भई काठमाडौंको जरंखुमा डेरा गरी बस्ने ४१ वर्षीय अर्णबहादुर थापामगर छन् । छतबाट खस्दा घाइते भएका उनलाई तत्कालै उपचारका लागि कंलकीस्थित सहिद मेमोरियल अस्पतालमा पुर्‍याउनासाथ चिकित्सकले मृत घोषित गरेका थिए ।

मृतक थापा मगरको शव पोष्टमाटमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाइएको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति: शुक्रबार, साउन ३२, २०८१  १९:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro