site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
भिजिट भिसाको दुरुपयोग रोक्न नियमनबाहेक अन्य विकल्प छैन : श्रममन्त्री भण्डारी
फाइल तस्बिर ।

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले भिजिट भिसाको दुरुपयोग रोक्न नियमनबाहेक अन्य कुनै विकल्प नरहेको बताएका छन् ।

शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिको बैठकमा मन्त्री भण्डारीले भिजिट भिसाको दुरुपयोग रोक्नका लागि सरकार गम्भीर रहेको भन्दै यसलाई रोक्न अनुगमनबाहेक अरु कुनै विकल्प नरहेको बताएका हुन् । दुईपक्षीय सम्झौता गर्दा नेपाली कामदारको हकअधिकारलाई ध्यान दिइने उल्लेख गरे ।

मन्त्री भण्डारीले दुई वर्षसम्म वार्षिक १०० जना कामदार वैदेशिक रोजगारीमा पठाउन नसक्ने म्यानपावर व्यवसायीको नवीकरण नगर्ने व्यवस्था रहेको भए पनि विविध परिस्थितिका कारण सरकारले बाधा अड्काउ फुकाऊमार्फत नवीकरण गर्नु परिरहेको जिकिर गरे । आप्रवासनसम्बन्धी राष्ट्रिय नीतिको मस्यौदा तयार भइसकेको जानकारी दिँदै उनले यसले नेपाली कामदारलाई थप सुरक्षित र व्यवस्थित हुने उल्लेख गरे ।

मन्त्री भण्डारीले इजरायलमा केयरगिभरमा नेपाली कामदार लैजाने क्रममा समस्या र गुनासो आइरहेको भन्दै भाषा, सीप लगायतको प्रमाणपत्र दिने संस्थामाथि छानबिन गर्न समिति बनाएको जानकारी दिए ।

प्रकाशित मिति: शुक्रबार, साउन ३२, २०८१  १७:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro