site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सहकारी छानबिन समितिले दिपेश पुनसँग लियो बयान
फाइल तस्बिर ।

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले सहकारी ठगी प्रकरणमा मुछिएका दिपेश पुनसँग बयान लिएको छ ।

सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले रूपन्देहीको सुप्रिम सहकारीको बचत रकम हिनामिना प्रकरणमा मुछिएका पुनसँग बयान लिएको हो । सुप्रिम सहकारीबाट गोरखा मिडियामा गैरकानुनी ढंगले कर्जा प्रवाह भएको पाइएको छ ।

समितिले निरन्तररूपमा सहकारीको बचत दुरुपयोगमा संलग्नका रूपमा आरोपितहरूसँग बयान लिइरहेको छ । यसअघि केही आरोपितलाई कारागारबाट झिकाएर समितिले बयान लिएको थियो ।

समितिका संयोजक सूर्य थापाले सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी छानबिनको तथ्यमा पुग्नका लागि सबै पक्षसँग निरन्तर छलफल र बयान लिने काम भइरहेको बताए ।

गएको जेठ १५ गते सहकारीको बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न संसदीय छानबिन समिति गठन भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, साउन ३२, २०८१  १६:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro