site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
भेरी करिडोर–राप्ती लोकमार्ग अवरुद्ध
जाजरकोट भेरी नगरपालिका–४, बोहरा मोडमा खसेको पहिरो । तस्बिर : हेमन्त केसी/रासस ।

सुर्खेत । भेरी करिडोरको जाजरकोट भेरी नगरपालिका–४, बोहरामा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । पहिरोले पोल बगाउँदा विद्युत् सेवा पनि  बन्द भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिए ।

जिल्ला प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक नवराज पोखरेलका अनुसार, रुकुम पश्चिमको मुसिकोट नगरपालिका–११ र १२ को बीचमा पर्ने पितिबाङ खोलामा गए रातिको वर्षासँगै बहाव बढ्दा राप्ती लोकमार्ग अवरुद्ध भएको छ ।

राजमार्ग अवरुद्ध हुँदा बिहानैदेखि दाङ जाने तथा त्यताबाट आउने र सदरमुकाम मुसिकोट आउने सानाठूला सवारीसाधन पितिवाङ खोलामा रोकिएका छन् ।

यसैबीच, रुकुम पश्चिमखण्डमा मध्यपहाडी लोकमार्ग पनि अवरुद्ध भएको छ । चौरजहारी–मुसिकोटखण्डअन्तर्गत सानीभेरी गाउँपालिकाको चाइनाबगर र गिठागोटमा पहिरो खस्दा लोकमार्ग अवरुद्ध भएको प्रहरी नायब उपरीक्षक पोखरलले जानकारी दिए । रासस

प्रकाशित मिति: शुक्रबार, साउन ३२, २०८१  १०:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro