site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
स्वदेशी र विदेशी पर्यटकका निम्ति हवाई भाडादरमा एकरूपता कायम गर्छौँ : मन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले स्वदेशी र विदेशी पर्यटकका निम्ति हवाई भाडादरमा एकरूपता कायम गरिने बताएका छन् । बिहीबार राष्ट्रियसभा बैठकमा उनले यस्तो बताएका हुन् ।

सरकारले यो विषयलाई उच्च प्राथमिकता दिएर छलफल गरिरहेको उनले उल्लेख गरे । उनले हवाई टिकट मूल्यमा एकरूपता ल्याउन सकारात्मक निर्णय हुने विश्वास दिलाए ।

“...स्वदेशी र विदेशी पर्यटक – जो हवाई यात्रा गर्नुहुन्छ, टिकटमा मूल्यका निम्ति छलफल जारी रहेको र यसको सकारात्मक निर्णय आउनेछ,” उनले भने ।

पर्यटन क्षेत्रका निम्ति बजेट अझै पर्याप्त हुन नसकेको उनले गुनासो गरे । उनले यो वर्ष १६ लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको बताए । “...पर्यटक रणनीति योजना सन् २०१६ देखि २०२५ र नेपाल भ्रमण दशकलाई कार्यान्वयनमा ल्याई यस वर्ष १६ लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ,” उनले भने ।

उनले नयाँ पर्यटकीय गन्तव्यको पहिचान गर्न बजेट विनियोजन गरिएको र होटेललाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगका रूपमा विकास गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग समन्वय गरी प्रक्रिया अघि बढाइएको जानकारी गराए ।

पर्यटन क्षेत्रमा दक्ष जनशक्ति उत्पादन र विकास गर्ने कार्यलाई उच्च महत्त्व र प्राथमिकता दिइएको उनले बताए । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: बिहीबार, साउन ३१, २०८१  १६:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro