site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Global Ime bankGlobal Ime bank
सर्वोच्चको आदेशपछि पहिलोपटक एनआरएनएको बैठक बस्दै 

काठमाडौं । सर्वोच्च अदालतले डा. बद्री केसी नेतृत्वको कार्यसमितिलाई काममा नरोक्न आदेश दिएपछि पहिलोपटक गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी)को बैठक बस्दै छ । 

यसअघि संघको ११ औं महाधिवेशनबाट निर्वाचित कार्यसमितिले काम गर्न पाउनुपर्ने माग गर्दै संघका सहकोषाध्यक्ष कृष्ण तिमिल्सेनालगायतको टोली सर्वोच्च अदालत पुगेको थियो ।

शनिबार भर्चुअल माध्यमबाट बस्ने बैठकले गैरआवासीय नेपाली संघका गतिविधिहरूको जानकारी दिनुका साथै आगामी नयाँ कार्यक्रम तय गर्नेछ ।  

बैठकमा संघका ६० भन्दा बढी देशमा रहेका संघका केन्द्रीय पदाधिकारी, आईसीसी सदस्य र राष्ट्रिय समन्वय समितिका अध्यक्ष तथा महासचिवहरू सहभागी हुनेछन् ।
 

प्रकाशित मिति: बिहीबार, साउन ३१, २०८१  ०८:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro