site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
दशौँ राष्ट्रिय खेलकुदको कार्यविधि तयार

काठमाडौं । कर्णालीको सुर्खेतमा आयोजना हुने १०औँ राष्ट्रिय खेलकुदको कार्यविधि तयार गरिएको छ । युवा तथा खेलकुद मन्त्रालयमा आज खेलकुदमन्त्री तेजुलाल चौधरी र राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङको टोलीले छलफलपछि कार्यविधिको टुंगो लगाएको हो । 

कार्यविधिमा खेलाडी, प्रशिक्षक, अफिसियल र रेफ्रीको पोसाक, खेल सामग्री, व्यवस्थापकीय पक्ष, १०औँ राष्ट्रिय खेलकुदमा लागु हुने नीतिसहितका विषय समेटिएका छन् ।

अहिलेको अवस्थालाई हेरेर कार्यविधि बनाइएको मन्त्रालयले जनाएको छ । यसैअनुसार बजेटको खाका बनाउनुपर्ने भएकाले कार्यविधिको काम सकेको राखेपले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, साउन ३०, २०८१  २१:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro