site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सानिमा बैंक र रिभरसाइड स्प्रिङ्स रिसोर्टबीच छुट सम्झौता

काठमाडौं । सानिमा बैंक र रभरसाइड स्प्रिङ्स रिसोर्टबीच छुटसम्बन्धी सम्झौता भएको छ । सानिमा बैंकले आफ्ना ग्राहकहरूलाई डिजिटल बैंकिङका माध्यम प्रयोगगरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न रिभरसाइड स्प्रिङ्स रिसोर्ट प्रा.लि.मा विशेष छुटको व्यवस्था गरेको हो ।

सानिमा बैंकको सानिमा भिसा डेबिट/क्रेडिट कार्ड वा सानिमा मोबाइल बैंकिङ एप ( क्यूआर स्क्यान) प्रयोग गरी डिजिटल भुक्तानी गर्दा रिभरसाइड स्प्रिङ्स रिसोर्टका विभिन्न सेवामा १० प्रतिशतको छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकले यसैगरी ग्राहकहरूलाई विभिन्न छुट तथा अफर प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ । सानिमा बैंकको देशको सातै प्रदेशमा १३३ वटा कार्यालयहरू तथा १२४ वटा एटीएम सञ्चालनमा रहेको जनाएको छ ।

प्रकाशित मिति: बुधबार, साउन ३०, २०८१  १९:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro