site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
थाइल्यान्डको संवैधानिक अदालतले प्रधानमन्त्री थाविसिनलाई बर्खास्त गर्‍यो

काठमाडौं । थाइल्यान्डको संवैधानिक अदालतले प्रधानमन्त्री स्रेथा थाविसिनलाई बर्खास्त गरेको छ । जेल सजाय भुक्तान गरेका एक पूर्ववकिललाई मन्त्रिपरिषद्मा सहभागी गराएको आरोपमा संवैधानिक अदालतले थविसिनलाई बर्खास्त गरेको हो ।

संवैधानिक अदालतले थाविसिनले नैतिक आचरण उल्लंघन गरेको र अवज्ञाकारी व्यवहार गरेको बताएको छ ।

६७ वर्षीया स्रेथा थाविसिन एक वर्षभन्दा कम समय प्रधानमन्त्री रहे । थाविसिन विगत १६ वर्षमा देशको संवैधानिक अदालतले पदबाट हटाइएका तेस्रो थाई प्रधानमन्त्री हुन् ।

थाविसिनको स्थानमा अन्तरिम प्रधानमन्त्री नियुक्त गरिनेछ । त्यसपछि नयाँ प्रधानमन्त्री चयनका लागि संसद्को बैठक बोलाइनेछ । 

अदालतको फैसलापछि थाविसिनले भने, “मलाई आफ्नो इमान्दारीमा पूर्ण विश्वास छ । मलाई माफ गर्नुहोस्, तर अदालतको निर्णयसँग असहमत छु मैले भनेको होइन ।” अदालतको यो निर्णयले थाइल्यान्डमा राजनीतिक अनिश्चितता बढाएको छ । बीबीसी
 

प्रकाशित मिति: बुधबार, साउन ३०, २०८१  १६:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro