site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
कोकिनसहित दुई विदेशी पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । नेपाल प्रहरीले एक किलो चार सय ग्राम कोकिनसहित दुई विदेशी नागरिकलाई पक्राउ गरेको छ । प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको टोलीले अवैध रूपमा कोकिन कारोबार गर्ने तान्जेनियाका नागरिक जुमा अब्दुल्ला मजी र भारतीय नागरिक के जुचोबेनी तासोपोईलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

ब्युरोको टोलीले काठमाडौं महानगरपालिका–१०, नयाँ बानेश्वस्थित एक होटेलमा बसेका तान्जेनियन नागरिक जुमाको झोलाभित्र लुकाएर राखेको ८० क्याप्सुल कोकिन बरामद गरेको छ । जुमाले उक्त कोकिन भारतीय नागरिकलाई बिक्री गर्ने क्रममा भारतीय नागरिकलाई समेत पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयका प्रवक्ता, प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।

बरामद कोकिनको अवैध बजार मूल्य करिब तीन करोड ८७ लाख हुन आउने ब्युरोले जनाएको छ । पक्राउ परेका दुवैलाई जिल्ला अदालत काठमाडौंबाट लागुऔषध मुद्दामा म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति: बुधबार, साउन ३०, २०८१  १४:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro