site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
मधेसी आयोग : छैठौं वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस

काठमाडौं । मधेसी आयोगले छैठौं वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गरेको छ । बुधबार सितलनिवासमा संविधानको धारा २९४ बमोजिम आयोगका अध्यक्ष डा. विजय कुमार दत्तले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पेस गरेका हुन् । 

प्रतिवेदन पेस गर्दै अध्यक्ष दत्तले आयोगमा प्राप्त उजुरीउपर कारबाहीका लागि सम्बन्धीत निकायलाई सिफारिस गरिएको र आयोगले गरेका निर्णयको कार्यान्वयन ९५ प्रतिशतभन्दा बढी रहेको जानकारी दिए । 

गत आर्थिक वर्षमा विभिन्न माध्यमबाट ५८ वटा उजुरी प्राप्त भएको उनले बताए । न्यून स्रोतसाधन तथा बजेटको अभाव भए पनि मधेसी समूदायको थर सूचीकरण अध्ययन प्रतिवेदन राष्ट्रपतिसमक्ष सिफारिस गरिएको उनको भनाइ छ । 

अध्यक्ष दत्तले सरकार आयोगको सिफारिसप्रति थप गम्भीर हुनुपर्नेमा जोड दिए । 

प्रकाशित मिति: बुधबार, साउन ३०, २०८१  १२:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro