site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
‘सुरक्षा जाँचका क्रममा नागरिकलाई सास्ती नहोस्’

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सुरक्षा जाँचका क्रममा आम नागरिकले दुःख नपाउन् भन्नेतर्फ सुरक्षा निकाय सधैँ सचेत रहनुपर्नेमा जोड दिँदै जनसेवालाई केन्द्रमा राखेर काम गर्न निर्देशन दिएका छन् ।  

यातायात क्षेत्रका समस्याबारे प्रदेशस्थित सुरक्षा निकाय र यातायात व्यवसायीलगायतसँग सम्बन्धित निकायका प्रतिनिधिहरूसँग मंगलबार भएको छलफलमा मुख्यमन्त्री कँडेलले यस्तो निर्देशन दिएका हुन् । 

उनले सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गरी नागरिक र व्यवसायी कसैलाई पनि असहज नहुनेगरी सुरक्षा जाँचको व्यवस्था मिलाउन निर्देशन दिए । 

“सुर्खेतबाट दैलेख हुँदै जुम्लासम्म पुग्दा १७ स्थानमा चेक पोइन्ट खडा गरिएको मैले पाएँ,” यति धेरै स्थानमा सुरक्षा जाँच गर्नु उपयुक्त हो वा होइन सुरक्षा निकायलाई पुनर्विचार गर्न आग्रह गर्दै उनले प्रश्न गरे । 

प्रचलित कानुन उल्लंघन गर्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिँदै उनले कानुन कार्यान्वयनका नाममा जनताले अनाहकमा दुःख पाउन नहुने बताए । रासस

प्रकाशित मिति: बुधबार, साउन ३०, २०८१  ०७:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro