site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सूर्योदय सहकारी ठगी प्रकरण : दुईजना पक्राउ, गाउँपालिका अध्यक्ष खोज्दै प्रहरी
प्रतीकात्मक तस्बिर ।

पोखरा । स्याङ्जाको बिरुवा गाउँपालिकामा रहेको सूर्योदय सहकारी ठगी प्रकरणमा मुछिएका दुईजना पक्राउ परेका छन् । प्रहरीले तारेन्द्रबहादुर केसी र सन्ध्या भण्डारीलाई पक्राउ गरेको हो ।

भण्डारी मुक्तिनाथ विकास बैंकको बिरुवा शाखाका कार्यालयमा कस्टमर सर्भिसको कर्मचारी थिइन् ।

बिरुवा गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर कुँवरविरुद्ध पनि पक्राउ पुर्जी जारी भए पनि उनी पक्राउ परिसकेका छैनन् ।

यसअघि जिल्ला प्रहरी कार्यालय स्याङ्जाले उनीहरू तीन जनालाई पक्राउ गर्न अदालतसँग अनुमति लिएको थियो ।

प्रकाशित मिति: मंगलबार, साउन २९, २०८१  १७:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro