site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
ढाका अदालतले स्वीकार्‍यो शेख हसिनाविरुद्धको हत्या मुद्दा
फाइल तस्बिर ।

काठमाडौं । बंगलादेशको एक अदालतले मंगलबार पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्धको हत्याको मुद्दा स्वीकार गरेको छ । मुद्दा कोटा सुधार आन्दोलनका क्रममा राजधानी ढाकाको मोहम्मदपुर क्षेत्रमा किराना पसल सञ्चालक अबु सइदको हत्यासँग सम्बन्धित रहेको ढाका ट्रिब्युनले जनाएको छ ।

ढाकाको चिफ मेट्रोपोलिटन मजिस्ट्रेट (सीएमएम) अदालतका मजिस्ट्रेट राजेश चौधरीले प्रहरीलाई  हसिनासहित अन्य ६ जनाविरुद्ध एफआईआर दर्ता गर्न आदेश दिएका हुन् ।

अदालतले दण्ड संहिताको सेक्सन ३०२ अन्तर्गत मुद्दा दायर गर्न भनेकाले अभियुक्तहरूविरुद्ध पक्राउ पुर्जी जारी गरिने छ ।

अन्य अभियुक्तहरूमा अवामी लिगका महासचिव ओबैदुल कादेर, पूर्वगृहमन्त्री असदुज्जमान खान कमल, पूर्वप्रहरी महानिरीक्षक (आईजीपी) चौधरी अब्दुल्लाह अल मामुन, पूर्वडीबी प्रमुख हरुनोर रशिद, पूर्वडीएमपी आयुक्त हबिबुर रहमान र पूर्व डीएमपी सह आयुक्त विप्लव कुमार छन्। ।

यसबाहेक धेरै अज्ञात उच्च प्रहरी अधिकारी र सरकारी अधिकारीहरूविरुद्ध पनि आरोप लगाइएको छ ।

मोहम्मदपुरका आमिर हम्जा शातिलले सीएमएम अदालतमा मुद्दा दायर गरेका हुन् । हम्जा प्रहरीको गोली लागेर मारिएका किराना पसलका मालिक अबु सइदका शुभचिन्तक हुन् ।

हम्जाले आफू सइदको निकट साथी नभए पनि बंगलादेशी नागरिक भएकाले स्वेच्छाले मुद्दा दायर गरेको बताएका छन् ।

प्रकाशित मिति: मंगलबार, साउन २९, २०८१  १६:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro