site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सरकारले डेडिकेटेड र ट्रंकलाइनमा यसअघिको निर्णय लत्यायो : गगन थापा 

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले डेडिकेटेड तथा ट्रंकलाइनमा यसअघिको सबै निर्णय तथा अदालतका फैसला लत्याउँदै सरकार आफ्नै ढंगले अघि बढ्न लागेको भन्दै प्रश्न उठाएका छन् । 

मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै थापाले यसअघि संसदीय समितिमा लाल आयोगको प्रतिवेदन नपच्छाई आफ्नै तरिकाले अघि बढ्न लागेको बताएका हुन् । 

“यो विषय लामो समयदेखि विवादमा छ । विवाद छताछुल्ल छ । यसअघिका सरकारले एकपछि अर्को दजनौँ निर्णय गरेको छ । संसद्को समितिले निर्णय गरेको छ । अदालत बोलेको छ । यसअघि हामी सम्मिलित भएको सरकारले गत पुसमा लाल आयोग गठन गरेको थियो । ०८१ वैशाखमा आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय भयो,” उनले भने, “कुनै पनि नयाँ सरकारले यो सबैबाट अलग भएर निर्णय गर्न पाउँछ ? सरकार त निरन्तरता हो । यसअघिको सरकारले बनाएको आयोगको निर्णयलाई टेक्नै पर्छ । अदालतको आदेशलाई टेक्नैपर्छ । संसदीय समितिको निर्देशनलाई टेक्नैपर्छ । ” 

एक रुपैयाँ पनि बक्यौता छोड्न नपाइने भन्दै उनले आयोग र समितिले जे भनेको छ त्यसको अक्षरस पालना हुनुपर्ने बताए ।

प्रकाशित मिति: मंगलबार, साउन २९, २०८१  १४:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro