site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
भासिएको दाउन्ने सडक पुनः सञ्चालनमा 

काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्ने खण्डमा भासिएको सडक सञ्चालनमा आएको छ । 

सडक भासिएपछि केही समयका लागि यातायात सञ्चालनमा रोक लगाइएकाे थियाे । मर्मतपछि आवतजावतका लागि सडक खुला गरिएको छ । नवलपुरको दाउन्नेमा गएराति सडक भासिएको थियो । विनयी त्रिवेणी गाउँपालिका–२ स्थित दाउन्ने बजारमा भासिएको सडकमा थप क्षति भएर समस्या हुनसक्ने भएकाले यातायात रोकेर मर्मत गरिएको थियो । 

हाल आंशिक रूपमा सडक सञ्चालन गरिएको बताइएको छ । सडक भासिएसँगै यातायात सञ्चालनमा अवरोध भएको थियो । 
 

प्रकाशित मिति: मंगलबार, साउन २९, २०८१  १२:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro