site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
पुटिन र किम जोङबारे ट्रम्पले भने– स्मार्ट छन्
डोनाल्ड ट्रम्प (दायाँ) र एलन मस्क (बायाँ) ।

काठमाडौं । विश्वका धनाढ्य एवं टेस्लाका मालिक एलन मस्कले अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको अन्तर्वार्ता लिएका छन् । सामाजिक सञ्जाल एक्समा लिइएको यो अन्तर्वार्तामा मस्क र ट्रम्पले धेरै विषयमा कुरा गरेका छन् । मस्क एक्सका मालिक पनि हुन् ।

कमला ह्यारिसबारे ट्रम्प
अन्तर्वार्तामा ट्रम्पले डेमोर्क्र्याटिक पार्टीका तर्फबाट अमेरिकी राष्ट्रपति पदका उमेदवार एवं वर्तमान उपराष्ट्रपति कमला ह्यारिसका बारेमा पनि कुरा गरे । रिपलब्किन पार्टीका तर्फबाट राष्ट्रपतिका उमेदवार ट्रम्पले ह्यारिसको आलोचना गरेका थिए । उनले राष्ट्रपति पदको उमेदवार बनेपछि ह्यारिसले अहिले आफूले दिएजस्तो अन्तर्वार्ता नदिएको बताए ।

पुटिन र किमबारे के भने ?
ट्रम्पले आफूले रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङ उनलाई चिन्ने बताए ।

ट्रम्पले भने, “उनीहरू स्मार्ट छन् । जब उनीहरू (पुटिन र किम) कमला (ह्यारिस) र जो (राष्ट्रपति जो बाइडेन) सुतिरहेको देख्छन्, उनीहरू विश्वास गर्न सक्दैनन् ।”

ट्रम्पका अनुसार, उनले पुटिनलाई युक्रेनमा आक्रमण नगर्न आग्रह गरेका थिए । तर, पुटिनले उनको आग्रह मानेनन् ।

यदि, बाइडेन नभएको भए रुसले युक्रेनमा आक्रमण नगर्ने ट्रम्पको भनाइ छ । यसबारे मस्कले ट्रम्पलाई उनले ‘सही कुरा’ गरेको बताए ।

पुटिनसित राम्रो सम्बन्ध रहेको र उनले आफूलाई सम्मान गर्ने ट्रम्पले बताए । पुटिनसँग आफूले बारम्बार कुरा गरेको उनले सुनाए ।

ट्रम्पले दाबी गरे, “त्यो (युक्रेन) उनको (पुटिनको) आँखाको नानी थियो । मैले उनलाई यो (आक्रमण) नगर्न भनेको थिएँ ।” बीबीसी हिन्दीबाट ।

प्रकाशित मिति: मंगलबार, साउन २९, २०८१  १०:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro