site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
यी जिल्लाका नदीमा बहाव उल्लेख्य बढ्ने
सिन्धुपाल्चोकस्थित मेलम्ची नदीको दृश्य । फाइल तस्बिर ।

काठमाडौं । देशका केही सानाठूला नदीमा आज पनि पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना छ । नदीतटीय क्षेत्रका क्रियाकलापमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

यस दिन ताप्लेजुङ, संखुवासभा, पाँचथर, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, धादिङ, नुवाकोट, उदयपुर, मकवानपुर, गोरखा, लमजुङ, कास्की, म्याग्दी, पर्वत, बागलुङ, रोल्पा, रुकुम पूर्व, रुकुम पश्चिम, सल्यान, सुर्खेत, बझाङ र दार्चुला भई बहने केही साना नदीमा बहाव बढ्ने अनुमान छ ।

अबका तीन दिन कोसी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीहरूको जलसतह सतर्कता तहभन्दा तलै रहने अनुमान छ । कन्काई, कमला, वाग्मती पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको जलसतह पनि सतर्कता तहभन्द तलै रहने महाशाखाको पूर्वानुमान छ ।

j1-1723519067.jpeg

j2-1723519067.jpeg

प्रकाशित मिति: मंगलबार, साउन २९, २०८१  ०९:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro