site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
टेस्ला, अडी तथा पोर्स गाडी किन्न महालक्ष्मी बैंकले ९.९९ प्रतिशत ब्याजदरमा फाइनान्सिङ गर्दिने

काठमाडौं । महालक्ष्मी विकास बैंक र अरेत इन्टरनेसनलबीच कर्जा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार टेस्ला, अडी तथा पोर्सजस्ता लक्जरी ब्रान्डका गाडी खरिद गर्दा महालक्ष्मी बैंकले ९.९९ प्रतिशतमा कर्जा प्रदान गर्ने भएको छ ।

अरेत इन्टरनेसनल नेपालका लागि टेस्ला, अडी तथा पोर्स गाडीको आधिकारिक आयातकर्ता तथा वितरक हो । विद्युतीय गाडीको हकमा अधिकतम पाँच वर्ष अवधि रहने गरी भ्याट बिल वा कोटेसन मूल्यको ८० प्रतिशत (जुन कम हुन्छ) बराबरको कर्जा उपलब्ध गराउने बैंकले जनाएको छ ।

विद्युतीयबाहेकको अन्य गाडीमा अधिकतम आठ वर्ष अवधि रहने गरी भ्याट बिल वा कोटेसन मूल्यको ५० प्रतिशत जुन कम हुन्छ, सो बराबरको कर्जा बैंकले प्रदान गर्ने बताएको छ । 

कर्जा लिन चाहने ग्राहकले बैंकको आधिकारिक वेबसाइट, सामाजिक सञ्जाल, सबै शाखा कार्यालयमा सम्पर्क गर्न सक्ने बैंकले जनाएको छ । यसका साथै बैंकले उपलब्ध गराइरहेको आधिकारिक क्यूआर कोडस्क्यान गरेर समेत आवेदन दिन सकिने बनाएको छ ।

प्रकाशित मिति: सोमबार, साउन २८, २०८१  १८:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro