site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
कुलमानको समर्थनमा आज पनि प्रदर्शन

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको समर्थनमा सोमबार पनि युवाहरूले प्रदर्शन गरेका छन् ।

घिसिङकै कारण मुलुकको विद्युत् क्षेत्र बलियो भएको भन्दै युवाहरूले उनको समर्थनमा प्रदर्शन गरेका हुन् । उनीहरूले ठूला उद्योगीहरूलाई विद्युत्‌को बक्यौता छुट दिन नहुने माग गरेका छन् ।

उनीहरूले बक्यौता रकम असुल गर्ने कामबाट फिर्ता नहुन घिसिङलाई आग्रह गरेका छन् ।

प्रदर्शनमा सहभागीहरूले '२२ अर्ब विद्युत् बक्यौता रकम असुल गर, विद्युत् प्राधिकरणभित्रको चलखेल बन्द गर'लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

यसअघि शनिबार घिसिङको समर्थनमा निस्किएका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो ।

प्रकाशित मिति: सोमबार, साउन २८, २०८१  १७:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro