site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नेप्सेको कारोबारमा ‘रेकर्ड’ : २७ अर्ब २४ करोडको खरिद–बिक्री

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले कारोबार ‘रेकर्ड’ ब्रेक गरेको छ । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारमा २७ अर्ब २४ करोड २० लाख बढीको सेयर खरिद बिक्री भएको छ । 

कारोबारसँगै सेयर बजार पनि ७०.८१ अंकले बढेको छ । आजको कारोबारपश्चात समग्र बजार मापक परिसूचक २९३१.६५ मा कायम छ ।

आइतबार ९४.५३ अंकले बजार बढ्दा २५ अर्ब ७७ करोडको सेयर खरिद बिक्री भएको थियो ।  

यसदिनको कारोबारमा १७१ कम्पनीको सेयर मूल्य बढ्दा ६८ कम्पनीको सेयर मूल्य घटेको छ । यसदिन सात वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । 

बजार बढ्दा उपसूचकतर्फ इन्भेष्टमेन्ट समूह ०.१९ प्रतिशत, म्यानिफ्यक्चरिङ एन्ड प्रोसेसिङ समूह १.१९ प्रतिशतले घटेको छ । बाँकी ११ वटा समूहको परिसूचक बढेको छ । 

प्रकाशित मिति: सोमबार, साउन २८, २०८१  १५:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro