site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
भेनेजुएलाको विपक्षी पार्टीले गर्‍यो विश्वव्यापी प्रदर्शनको आह्वान
तस्बिर : रोयटर्स ।

काराकास । भेनेजुएलाको विपक्षी पार्टीले हालै त्यहाँ भएको राष्ट्रपति निर्वाचनमा आफू विजयी भएको दाबीका निम्ति यही अगस्ट १७ मा विश्वव्यापी रूपमा प्रदर्शन गर्न आह्वान गरेको छ ।

राष्ट्रपति निकोलस मादुरोले उक्त निर्वाचनमा आफू तेस्रो कार्यकालका निम्ति विजयी भएको दाबी गर्दै आएका छन् । विपक्षीले आफूले विजय हासिल गरेको जनाउँदै आएको छ ।

विपक्षी पार्टीले आफ्ना उमेदवार इडमुन्डो गोन्जालेज विजयी भएको जिकिर गरेको छ । उक्त दलले निर्वाचन आयोगलाई विस्तृत चुनावी तथ्यांक सार्वजनिक गर्न आग्रह गर्दै आएको छ । बीबीसीबाट ।

प्रकाशित मिति: सोमबार, साउन २८, २०८१  १०:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro