site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
पहिरो पन्छाएपछि खुल्यो जयपृथ्वी राजमार्ग
फाइल तस्बिर ।

बैतडी । लगातारको वर्षापछि खसेको पहिराका कारण अवरुद्ध बनेको खोडपे–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग खुलेको छ । सिगास गाउँपालिका–९ ढोल्यामोडमा पहिरो खस्दा आज बिहानदेखि राजमार्ग अवरुद्ध भएको थियो ।

पहिरो पन्छाइएपछि यातायात सञ्चालन भएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए ।

राजमार्ग सञ्चालन भएसँगै रोकिएका सवारी साधन गन्तव्यतर्फ लागेका छन् । रासस
 

प्रकाशित मिति: आइतबार, साउन २७, २०८१  २१:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro