site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
कर्णाली राजमार्ग पुनः अवरुद्ध
प्रतीकात्मक तस्बिर ।

कालीकोट । कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ । जुम्ला–सुर्खेतखण्डअन्तर्गत कालीकोटको शुभकालिका गाउँपालिका–१, गगनेखोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी पोषण थापाले आइतबार बेलुका पुनः पहिरो खसेर सडक अवरुद्ध भएकाले अवस्था बुझेर मात्र यात्रा गर्न अनुरोध गरिएको बताए । अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको उनले जानकारी दिए ।

शनिबार कर्णाली राजमार्गको कालीकोटखण्डका विभिन्न ठाउँमा पहिरो खसेर अवरुद्ध बनेको सडक आइतबार बिहानदेखि सञ्चालनमा आएको थियो । मनसुनी वर्षा सुरु भएयता गगनेखोला र एस मोडमा मात्र नौपटक पहिरो खसेको प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति: आइतबार, साउन २७, २०८१  १९:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro