site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
भारतका पूर्वविदेशमन्त्री नटवर सिंहको निधन

काठमाडौं । भारतका पूर्वविदेशमन्त्री नटवर सिंहको ९३ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि बिरामी सिंहको शनिबार राति निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

सिंहको निधनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शोक व्यक्त गरेका छन् ।

सिंहले कूटनीति र विदेश नीतिका क्षेत्रमा दिएको योगदानको स्मरण गर्दै उनको निधनमा दुखित भएको मोदीले सामाजिक सञ्जाल एक्समा लेखेका छन् ।

दिल्ली नजिकैको गुरुग्रामस्थित मेदान्त अस्पतालमा सिंहको निधन भएको हो । उनी सन् १९८४ देखि सन् १९८९ सम्म भारतको युनियन मिनिस्टर अफ स्टेट थिए भने, सन् २००४ मा १८ महिनासम्म विदेशमन्त्री पदमा थिए । सन् १९५३ देखि नै उनी भारतको विदेश सेवामा संलग्न भएका थिए ।

प्रकाशित मिति: आइतबार, साउन २७, २०८१  १०:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro