site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सर्लाहीमा युवक मृत फेला, हत्याको आशंका
प्रतीकात्मक तस्बिर ।

सर्लाही । सर्लाहीको बरहथवा नगरपालिका–८, टाँडीमा शनिबार एक युवक मृत फेला परेका छन् । टाँडी निवासी श्यामबाबु साहका छोरा १९ वर्षीय मुन्ना मृतावस्थामा फेला परेको सर्लाही प्रहरीले जनाएको छ ।

गाउँनजिकै शैलेन्द्र रामको परालको भुस्सा राख्ने घरमा युवक मृत फेला परेको इलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख एवं प्रहरी नायब उपरीक्षक गौतम थापाले जानकारी दिए । मृतक मुन्नाको घाँटीमा चोट देखिएकाले घटना शंकास्पद रहेको उनले बताए ।

मृतकको शव परीक्षणका निम्ति त्रिवि शिक्षण अस्पताल काठमाडौं पठाएको छ । घटनाका विषयमा अनुसन्धानका निम्ति एक युवतीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बलिष्टर सिंहले जानकारी दिए । रासस

प्रकाशित मिति: शनिबार, साउन २६, २०८१  १८:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro