site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
कालीगण्डकीमा छाल : कृषि फार्ममा क्षति

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, घिरच्याङमा कालीगण्डकी नदीमा आएको छालले कृषि फार्ममा क्षति पु¥याएको छ । अन्नपूर्ण–२, कटुञ्जको भीरबाट शनिबार कालीगण्डकीमा पहिरो खस्दा खोलापारिको घिरच्याङस्थित दाजुुभाइ कृषि तथा पशुुपन्छी फार्ममा क्षति भएको हो ।

गए राति भीरबाट कालीगण्डकीमा खसेको पहिरोले ल्याएको छालले ८०० ब्रोइलर जातका कुखुरा भएको खोर भत्किएको अन्नपूूर्ण–२ का वडाध्यक्ष रामबहादुर खड्काले जानकारी दिए ।

उनका अनुसार, कालीगण्डकीको छालले उक्त फार्म वरपरको करिब १० रोपनी खेतबारीमा हिलो थुप्रिएको छ । फार्मका सञ्चालक गोपाल खत्रीले खोरभित्र रहेका सबै कुखरा मरेका र दाना काम नलाग्ने भएको बताए । 

कालीगण्डकीको सतहभन्दा करिब २० मिटर माथिसम्म छाल आएको थियो । जनप्रतिनिधि र प्रहरीको टोलीले १२ लाख रुपैयाँबराबरको क्षति भएको अनुमान गरेका छन् । रासस

प्रकाशित मिति: शनिबार, साउन २६, २०८१  १६:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro