site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
तनहुँमा ७५४ जनामा डेंगी संक्रमण 

दमौली । तनहुँमा डेंगी संक्रमण बढ्दै गएको छ । शुक्रबारसम्म जिल्लाका पाँच स्थानीय तहका ७५४ जनामा डेंगी संक्रमण पुष्टि भएको छ । 

जिल्ला स्वास्थ्य कार्यालयका पब्लिक हेल्थ नर्स पूजा कुँवरका अनुसार व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका, बन्दीपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिका र भिमाद नगरपालिकामा डेंगी संक्रमण पुष्टि भएको छ ।

अहिलेसम्म भानु नगरपालिका, म्याग्दे गाउँपालिका, ऋषिङ गाउँपालिका, घिरिङ गाउँपालिका र देवघाट गाउँपालिकामा भने संक्रमित फेला परेका छैनन् । 

व्यासमा ५७, शुक्लागण्डकीमा १०५, भिमादमा दुई, बन्दीपुरमा ३५ र आँबुखैरेनीमा ५५४ जनामा डेंगी पुष्टि भएको छ । 

जिल्लास्थित सरकारी अस्पताल र निजी क्लिनिकमा गरिएको परीक्षणअनुसार उनीहरुमा डेंगी पुष्टि भएको हो । रासस

प्रकाशित मिति: शनिबार, साउन २६, २०८१  ०९:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro