site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
विद्युत् प्राधिकरणको नाफा १३ अर्ब ३१ करोड

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गत आर्थिक वर्ष २०८०/८१ मा नेपाल विद्युत् प्राधिकरण १३ अर्ब ३१ करोड रुपैयाँ नाफामा रहेको बताएका छन् । शुक्रबार प्राधिकरणको केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बेल्दै उनले उक्त तथ्य प्रस्तुत गरेका हुन् ।

“आर्थिक वर्ष २०७२/७३ मा एकै वर्ष ८ अर्ब ८९ करोड रुपैयाँ नोक्सानीमा रहेको प्राधिकरणले त्यसयता ती दिन फर्केर हेर्नु परेको छैन,” कार्यकारी निर्देशक घिसिङले भने ।
 
घिसिङले आर्थिक वर्ष २०७३/७४ बाट प्राधिकरणले १ अर्ब ५० करोड नाफा कमाउँदै सुरु गरेको आफ्नो गौरवमय नाफाको इतिहास गत आर्थिक वर्षसम्म आइपुग्दा १३ अर्ब ३१ करोड रुपैयाँ पुगेको बताए । 

“आठ वर्षअघि ३४ अर्ब ६१ करोड रुपैयाँ सञ्चित घाटामा रहेको प्राधिकरण अहिले ४७ अर्ब ४१ करोड रुपैयाँ सञ्चित नाफामा पुगेको छ,” उनले भने । 

प्रकाशित मिति: शुक्रबार, साउन २५, २०८१  १४:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro