site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
टाटा मोटर्सको साउनमै दसैँ अफर

काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक, सिप्रदी ट्रेडिङले साउनमै दसैँ कार्यक्रम आयोजना गर्न लागेको छ । कार्यक्रममा जुनसुकै ब्राण्डका पुराना गाडीहरूसँग टाटाको नेपालमा सर्वाधिक रुचाइएको टाटा टियागो इभी साट्न सकिनेछ ।
 
ग्राहकको परिवर्तित जीवनसैली र अत्याधुनिक सवारीप्रतिको रुचि तथा चाहनालाई मध्यनजर गर्दै टाटा मोटर्सको शोरुम थापाथलीलगायत देसैँभरी रहेका शोरुमहरूमा यही साउन २५ देखि २७ गतेसम्म ‘एक्सचेन्ज’ कार्यक्रम आयोजना गर्न लागिएको हो ।
 
यो कार्यक्रममा निःशुल्क रूपमा अटोप्लस इन्स्योरेन्स, तीन वर्षको सर्भिसिङ, एक वर्षको सवारी कर, एक्सेसरिज तथा आकर्षक एक्सचेन्ज बोनसलगायत सुविधाहरू प्राप्त गर्न सकिनेछ ।  
 

प्रकाशित मिति: शुक्रबार, साउन २५, २०८१  १२:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro