site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
चिनियाँ सामाजिक सञ्जालमा यस्तोसम्म हुन्छ !

बेइजिङ । एक प्रख्यात चिनियाँ कानुनका प्राध्यापकले राष्ट्रिय साइबर सुरक्षा आईडी प्रणालीको योजनामा आपत्ति जनाएका कारण अनलाइन हमला भएको गुनासो गरेपछि सोसल मिडियामा ‘म्युट’  गरिएकी छन् ।

शिंघुवा युनिभर्सिटी बेइजिङका प्राध्यापक लाओ डोन्ग्यानको विवो एकाउन्ट उनले सान्दर्भिक नियमको उल्लंघन गरेको भन्दै म्युट गरिएको सूचनामा उल्लेख छ । उक्त प्रतिबन्ध ९० दिनसम्म लागु हुने जनाइएको छ ।

विवोले लाओको एकाउन्ट फलो गर्ने युजरलाई समेत सोही कारण देखाउँदै निषेधित गरेको छ । लाओका अहिले आठ लाख फलोअर्स छन् । गएको मंगलबार उनले गरेको अन्तिम पोस्ट तत्कालै हटाइएको थियो ।

लाओले पोस्टमा आफू अनलाइन आक्रमणमा परेको जनाउँदै बिग क्यारेक्टर पोस्टर चिनियाँ भाषामा दा जी बाओको प्रसंग निकालेकी थिइन् । त्यो चीनको सांस्कृतिक क्रान्तिताका राजनीतिक विपक्षीलाई आक्रमण गर्न चर्चित थियो ।

लाओकाअनुसार, सार्वजनिक सुरक्षा मन्त्रालय र चीनको साइबर स्पेस प्रशासनले ३० दिने सार्वजनिक परामर्श अवधिका निम्ति जुलाई २५ मा जारी गरेको डिजिटल आईडी योजनामा उनको आपत्तिपछि आक्रमण भएको हो ।

“अधिकारीहरूले पहिलोपटक ममाथि दा जी बाओको सर्कुलेसन गरिरहेका थिए । त्यसले ममाथि आक्रमणको एउटा नयाँ तहमा पु¥यायो । कारण प्रस्ट रूपमा के थियो भने मैले केही सार्वजनिक परामर्शमा आपत्ति जनाएकी थिएँ,” उनले भनेकी छन् ।

लाओ चीनका थुप्रै मुद्दा – जस्तो व्यापक रूपमा फेसियल रिकोग्निसन प्रविधिको प्रयोग र कोभिड–१९ मा लैंगिक मुद्दामा प्रतिबन्धजस्ता विषयमा प्रखर आलोचक हुन् ।

वि च्याट एकाउन्टले पनि आइतबारको पोस्टमा लाओको विचारको आलोचना गर्दै जनता र सरकारबीचको टकराव भड्काउने खालको भएको आरोप लगाएको थियो ।

सोही एकाउन्टले सोमबार लाओलाई देशद्रोही पनि भनेको थियो । उक्त आर्टिकलमा प्रस्तावित साइबर आईडीलाई सेक्रेट की तथा बुलेट प्रुफ भेस्ट भन्दै प्रशंसा गरिएको थियो ।

चिनियाँ कम्युनिस्ट पार्टीको २०औँ नेसनल कंग्रेसका समयमा लाओको विवो एकाउन्टको हिस्ट्री हराएको थियो । बैठक सकिएपछि लाओले फेरि पोस्ट गर्न पाएकी थिइन् । साउथ चाइना मोर्निङ पोस्टबाट ।

प्रकाशित मिति: शुक्रबार, साउन २५, २०८१  ०९:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro