site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
स्वास्थ्य बिमाको प्रिमियम र सुविधाको सिलिङ बढाउनुपर्छ : मन्त्री पौडेल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमा कार्यक्रममा हालको प्रिमियम रकम बढाउनुपर्ने बताएका छन् । विशेषगरी संगठित क्षेत्रबाट आवद्ध बिमितको प्रिमियम रकम बढाउनुपर्नेमा उनको जोड छ । 

हाल उठिरहेको वार्षिक डेढ अर्ब प्रिमियम रकम पर्याप्त नभएको र बढाउने प्रक्रियामा स्वास्थ्य मन्त्रालयले अध्ययन गरिरहेको मन्त्री पौडेलले बिहीबार राष्ट्रियसभाअन्तर्गत संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा जानकारी दिए ।

दीर्घरोगी बिमितका निम्ति सुविधाको सिलिङ पनि बढाइने उनको भनाइ छ । “जटिल प्रकारका रोगीलाई अहिलेको एक लाख रुपैयाँसम्मको सुविधाले पुग्दैन, यसलाई पनि बढाउनु आवश्यक छ,” उनले भने ।

सामाजिक सुरक्षाका सबै कार्यक्रमलाई बिमामा नै समेटेर सेवा प्रदान गर्न पनि मन्त्रालयले अध्ययन गरिरहेको मन्त्री पौडेलले जानकारी दिए । 

हाल पाँचजनासम्म सदस्य भएका परिवारले वार्षिक प्रतिपरिवार तीन हजार ५०० रुपैयाँ प्रिमियम रकम जम्मा गर्ने व्यवस्था छ ।

प्रकाशित मिति: बिहीबार, साउन २४, २०८१  १५:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro