site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
ग्लोबल आइएमई बैंकका ग्राहकलाई ल्यान्डमार्क होटेल एन्ड रिसोर्टमा १५ प्रतिशतसम्म छुट

काठमाडौं ।  ग्लोबल आइएमई बैंकका ग्राहकलाई ल्यान्डमार्क होटल एन्ड रिसोर्टमा १५ प्रतिशतसम्म छुट मिल्ने भएको छ ।

यसका लागि ग्लोबल आइएमई बैंक र ल्यान्डमार्क होटेल एन्ड रिसोर्टबीच एक सम्झौता भएको छ ।

सम्झौतामा बैंकका ट्रान्जेक्सन बैंकिङ–सेल्स तथा बिजनेस विभाग प्रमुख प्रकाश पौडेल र  होटेलका ग्रुप जनरल म्यानेजर बोधराज लम्सालले हस्ताक्षर गरेका छन् ।

यससँगै बैंकका डेबिट तथा क्रेडिट कार्डवाहक र मोबाइल बैंकिङ एप–ग्लोबल स्मार्ट प्लस प्रयोगकर्ताले ल्यान्डमार्क होटेल एन्ड रिसोर्टमा १० देखि १५ प्रतिशत छुट पाउनेछन् ।

ल्यान्डमार्क होटेल एन्ड रिसोर्ट काठमाडौं, पोखरा, चितवन र भैरहवामा सञ्चालनमा छ ।

प्रकाशित मिति: बिहीबार, साउन २४, २०८१  १४:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro